Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तले दियो तामाङ्ग परिवारलाई बीमा रकम

२०७४ असार २१ गते

माई जोगमाई गाउपालीका अन्र्तगत नयाँवजारमा रहेको लक्ष्मी लघुवित्तले एक कार्यक्रमका बीच मृतक ग्राहकको परिवारलाई बीमा रकम हस्तानतरण गरेको छ । स्थानीय मृतक भिममति तामाङ्गको श्रीमान कर्ण बहादुर तामाङ्गलाई उतm बीमा रकम स्वरुप रु १ लाख ६५ हजार रुपैया प्रदान गरेको हो ।   विमा रकम संस्थाका प्रमुख सतीश कुमार चौधरीले  कार्यक्रमबीच मङ्गलबार हस्तान्तरण गरेका हुन् । उतm बीमा रकम लक्ष्मी लघुवित्तको सहकार्यमा वितरण गरिएको हो । 

संस्थामा महिला समूहका सदस्य भिममति तामाङ्गले पशु व्यावसाय गर्नको लागि लिएको कर्जा अवधिमै उनको निधन भएकोेले उक्त बीमा रकम दिएको प्रमुख चौधरीले जानकारी समेत गराए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उतm रकमको बीमा समेत गरिने हुँदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले बताए । 

नयाँवजारमा लक्ष्मी लघुवित्तले वि. सं २०७० फाल्गुन ०२ गते स्थापना भई स्थानीय स्तरमा सेवा प्रदान गदै आईरहेको छ । संस्थाले विपप्न जनजाती दलित तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी ऋण प्रवाह माफर्त कार्यक्रम विस्तार गर्दै ग्रामीण क्षेत्रका जनताहरुको जिवन स्तर सुधार गर्दै आईरहेको छ ।