July 5th, 2017

लक्ष्मी लघुवित्तले दियो तामाङ्ग परिवारलाई बीमा रकम

माई जोगमाई गाउपालीका अन्र्तगत नयाँवजारमा रहेको लक्ष्मी लघुवित्तले एक कार्यक्रमका बीच मृतक ग्राहकको परिवारलाई बीमा रकम हस्तानतरण गरेको छ । स्थानीय मृतक भिममति तामाङ्गको श्रीमान कर्ण बहादुर तामाङ्गलाई उतm बीमा रकम स्वरुप रु १ लाख ६५ हजार रुपैया प्रदान गरेको हो ।   विमा रकम संस्थाका प्रमुख सतीश कुमार चौधरीले  कार्यक्रमबीच मङ्गलबार हस्तान्तरण गरेका हुन् । उतm बीमा रकम लक्ष्मी लघुवित्तको सहकार्यमा वितरण गरिएको हो । 

संस्थामा महिला समूहका सदस्य भिममति तामाङ्गले पशु व्यावसाय गर्नको लागि लिएको कर्जा अवधिमै उनको निधन भएकोेले उक्त बीमा रकम दिएको प्रमुख चौधरीले जानकारी समेत गराए । ऋणीको कर्जा अवधिमै मृत्यु भएमा उतm रकमको बीमा समेत गरिने हुँदा संस्था र ऋणी कुनै पनि दुुर्घटनामा आर्थिक रुपमा सुरक्षित हुने प्रमुख चौधरीले बताए । 

नयाँवजारमा लक्ष्मी लघुवित्तले वि. सं २०७० फाल्गुन ०२ गते स्थापना भई स्थानीय स्तरमा सेवा प्रदान गदै आईरहेको छ । संस्थाले विपप्न जनजाती दलित तथा पिछडिएको वर्गलाई समेटी समुह गठन गरी ऋण प्रवाह माफर्त कार्यक्रम विस्तार गर्दै ग्रामीण क्षेत्रका जनताहरुको जिवन स्तर सुधार गर्दै आईरहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]