Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

फेरि ओरालो लाग्यो सेयर बजार, कारोबार ३७ करोड ५९ लाखमा सीमित

२०७४ असार २० गते

लामो समयको गिरावटपछि सोमबार सामान्य बढेको सेयर बजार मंगलबार पुनः घटेको छ । नेप्से परिसूचक ३.०१ अंकले घटेर १५४१.२८ अंकमा कायम भएको छ । होटल र फाइनान्स समूह क्रमशः १५.३४ र ०.११ अंकले बढेका छन् भने अन्य समूह स्थिर रहेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, बीमा र उत्पादनमूलक समूह क्रमशः २.०६, ४.०१, १३.४८, ३३.३६ र ३.२६ अंकले घटेका छन् । 

कारोबार रकममा पनि सोमबारको तुलनामा उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १४२ वटा कम्पनीको छ लाख ६४ हजार दुई सय ९१ कित्ता सेयर चार हजार आठ सय दुई पटक खरिदविक्री हुँदा ३७ करोड ५९ लाख ७६ हजार चार सय ९० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको साढे दुई करोड र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड २१ लाखमाथिको कारोबार भएको छ भने कुमारी बैंक, सेञ्चुरी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक प्रोमोटर, प्रभु बैंक, नागरिक लगानी कोष लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

मंगलबार फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.१३ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, गुहेश्वरी फाइनान्स, एभरेष्ट बैंक (सीपी), नेपाल ग्रामीण विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, सिनर्जी फाइनान्स, दिव्यश्वरी हाइड्रो, तारागाउँ रिजेन्सी, सप्तकोसी डेभलपमेन्ट बैंक लगायत ४८ वटा कम्पनीका सेयरधनीले पनि कमाएका छन् । 

यता, सृजना फाइनान्सका सेयरधनीले ५.४४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा कुमारी बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, अरुण भ्याली हाइड्रो, माछापूछ्रे बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, नविल इक्विटी फण्ड, वल्र्ट मर्चेन्ट बैंकिङ लगायतका सेयरधनीले पनि गुमाएका छन् ।