तिनाउ विकास बैंक लिमिटेडले ले ३१ हजार चार सय ९७ कित्ता हकप्रद सेयर लिलामीमा निकालेको छ । लिलामीबाट बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार २० देखि असार २७ सम्म आवेदन दिनुपर्ने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् । बैंकको ुयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटलबाट गोप्य सिलबन्दीबाट सयरमा आवेदन दिन सक्नेछन् ।
यता, नेरुडे लघुवित्त विकास बैंकले लिलामीमा राखेको एक लाख आठ हजार सात सय ३६ कित्ता सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद सयर निष्काशन गर्दा नबिकेको संस्थापक तर्फको ९३ हजार नौ सय ७७ कित्ता र सर्वसाधारण समूह तर्फको १४ हजार सात सय ५९ कित्ता सेयर असार १३ गतेदेखि लिलामीमा राखेको थियो । नेरुडेको लिलामीमा सयर खरिदगर्न इच्छुक लगानीकर्ताले सयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटलबाट आवेदन दिनसक्ने छन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा यो भन्दा बढी भाउ तोकी आवेदन दिन पाउनेछन् ।


