Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

काबेली विकास बैंकले पायो ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

२०७४ असार १९ गते

काबेली विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकलाई हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले आइतबार (असार १८ गते) अनुमति दिएको हो । 

काबेलीले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ५० लाख ८८ हजार रुपैयाँ बराबरको तीन लाख ५० हजार आठ सय ८० कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल काबेली विकास बैंकको चुक्तापुँजी सात करोड एक लाख ७६ हजा। एक सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुग्नेछ ।