२०७४ असार १९ गते

नेशनल माइक्रोफाइनान्स सेवाको चौथो बर्षमा प्रबेश

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले स्थापनाको तेस्रो वर्ष पार गरि चौथो वर्षमा प्रवेश गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, मेगा बैंक लिमिटेड लगायत ७ वटा बैंक, वित्तीय संस्था र ३१ जना राष्ट्रिय स्तरमा ख्याति प्राप्त व्यक्तिहरुद्धारा संयुक्त रुपमा प्रवद्र्धित यो राष्ट्रय स्तरको वित्तीय संस्था विधिवत रुपमा २०७१ लाख असार १८ गतेदेखि केन्द्रीय कार्यालय धादिङ जिल्लाको धादिङवेसीबाटकारोबारको शुभारम्भ गरेको थियो ।

संस्थाले तेस्रो बर्षको बार्षिकउत्सवको उपलक्ष्यमा संस्थाका सञ्चालक नरेन्द्र छत्कुलीको सभापतित्व र नीलकण्ठ नगरपालिकाको उपमेयरको प्रमूख आतिथ्यमा धादिङस्थित राजनीतिक दलका स्थानीय प्रतिनिधी, कार्यालयका प्रमूखहरु, पत्रकार, ब्यवसायी, स्थानिय व्यक्तिहरु र सेवा ग्राहीहरुको सहभागितामा एक कार्यक्रमको आयोजना गरि अनाथ र असहाय ४० जना बालबालिकालाई शैक्षिक सामाग्री ड्रेस बितरण गरियो । सोही अवसरमा उक्त संस्थाको विभिन्न जिल्लाहरुमा रहेका शाखाण्हरुवाट बित्तीय साक्षरता कार्यक्रमको आयोजना गरि संचालन गरेको संस्थाले जनाएको छ । 

हिमाल, पहाड र तराइका २९ वटा जिल्लामा ३१ वटा शाखा कार्यालयहरु बिस्तार गरी हालसम्ममा ४५ हजार भन्दा बढी विपन्न परिवारमा संस्थाको पहुंच पुगेको संस्थाले जनाएको छ । विपन्न परिवारलाई कृषि, सेवा र साना घरेलु उधोग क्षेत्र अन्तर्गत परियोजना संचालन गरी आयआर्जन हेतु विभिन्न परियोजना संचालनको लागि करिव रु.छ अरब कर्जा वितरण गरि सकेको र सदस्यहरुवाट करिव रु.३३ करोड वचत संकलन गर्न सफल भएको संस्थाले जनाएको छ । साथै अगामी दिनमा ग्राहकहरुको आवश्यकता र व्यवसायिकताको आधारमा ब्यबसायिक तालिम उपलब्ध गराउने, नवीनतम सुचना प्रविधिलाई अधिकत्तम उपयोग गरि सदस्यहरुलाई प्रविधिमैत्री वनाउने र अधिकभन्दा अधिक विपन्न परिवारलाई सेवा पूर्याउनकोलागी कार्यक्रमको थप बिस्तार गर्दै क्रमशः ७५ वटै जिल्लामा संस्थाको पहूंच पूर्याउने लक्ष्य रहेको संस्थाका प्रमूख कार्यकारी अधिकृत राम बहादूर यादवले बताए ।