Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एभरेष्ट बैंकको डेढ करोडभन्दा बढी कित्ता हकप्रद खुल्यो

२०७४ असार १८ गते

एभरेष्ट बैंक लिमिटेडले आइतबार (असार १८ गते)देखि तीन बराबरका एकको अनुपातमा  हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० कराड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता सेयर निष्काशन सुरु गरेको हो ।

उक्त सेयरमा असार ६ गतेसम्म कायम सयरधनीले साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआर्इबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धकएनआर्इबिएल क्यापिटल मार्केट्स लिमिटेड काठमाडौं साथै एभरेष्ट बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौं तथा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन सक्नेछन् ।

हाल एभरेष्ट बैंकको चुक्ता पुँजी चार अर्ब तीन करोड ५२ लाख ६४ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब तीन करोड ५द्४ लाख ३४ हजार चार सय रुपैयाँ पुग्नेछ ।