आइतबार सेयर बजार २१.९९ अंकले घटेर १५४१.८२ अंकमा कायम भएको छ । होटल र अन्य समूह क्रमशः ०.३३ र २.६१ अंकले बढेका छन् भने बाँकी सबै उपसूचक ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १२९.६६ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः २२.८७, ३०.२१, २५.४२, ६.५२ र २०.६८ अंकले घटेका छन् ।
परिसूचक घटेसँगै कारोबार रकम पनि निराशाजनक देखिएको छ । दिनभरिमा १४८ वटा कम्पनीको नौ लाख ३१ हजार नौ सय ७५ कित्ता सेयर छ हजार एक सय ६० पटक खरिदविक्री हुँदा कुल ५६ करोड ७७ लाख १६ हजार पाँच सय ९८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको पाँच करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक र हिमालयन जनरल इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा नेपाल टेलिकमको साढे दुई करोडमाथिको कारोबार भएको छ भने एभरेष्ट इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक प्रोमोटरको एक करोड ९६ लाखमाथिको कारोबार भएको छ । सानिमा माइ हाइड्रो, एभरेष्ट बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
बजार घट्दा पनि पोखरा फाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, हिमालयन जनरल इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नागवेली लघुवित्त, गुहेश्वरी फाइनान्स, प्रभु बैंक प्रोमोटर, बरुण हाइड्रो, सोल्टी होटल, प्रिमियर इन्स्योरेन्स, तिनाउ विकास बैंक लगायत १७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् ।
एभरेष्ट बैंक (सीपी)का सेयरधनीले सबैभन्दा धेरै ९.०्र९ प्रतिशतका दरले गुमाएका छन् भने कन्काई विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स र सप्तकोसी डेभलपमेन्ट बैंकका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । त्यस्तै, एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले ६.५५ प्रतिशतका दरले गुमाउँदा हाम्रो विकास बैंक, ज्योति विकास बैंक र एनबि इन्स्योरेन्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । देवः विकास बैंक, ङादी ग्रुप पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


