Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई विकास बैंकको मर्जर, यती डेभलपमेन्ट बैंकको औपचारिक विलय

२०७४ असार १८ गते

दुई ठुला विकास बैंक मर्जर भएर संयुक्त कारोबार सुरु गरेका छन् । महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंक गाभिएर महालक्ष्मी विकास बैंकको नामबाट संयुक्त कारोबार गरेका हुन् । यी दुई विकास बैंक मर्जर पछि चुक्ता पुँजी २ अर्ब ६३ करोड भएको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको विकास बैंकको लागी २ अर्ब ५० करोड चुक्ता पुँजी तोकेको थियो । मर्जर पछि महालक्ष्मी विकास बैंकको नामबाट एकिकृत कारोबार सुरु भएपछि यति डेभलपमेन्ट बैंक औपचारिक रुपमै विलय भएको छ । मर्जरपछि महालक्ष्मि विकास बैंकको शाखा ६५ पुगेको छ भने, ग्राहक संख्या ३ लाख ६४ हजार पुगेको छ । संचालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलार्इ नियुक्त गरेको छ । उनी मर्जर अघि महालक्ष्मि विकास बैंककै प्रमुख कार्यकारी अधिकृत हुन् । बैंकको ६ सदस्यीय नयाँ सञ्चालक समितिमा अध्यक्ष राजेश उपाध्याय तथा संचालक सदस्यहरुमा अरुणराज सुमार्गी, संजय गिरि, बिरेन्द्र कुमार संघाई, राजेश कुमार रौनियार र रुपेन्द्र पौडेल छन् ।

Ad