Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सप्तकोशी डेभलपमेन्ट बैंकको हकप्रद असार ३० गतेदखि

२०७४ असार १५ गते

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले यही असार ३० गतेदेखि एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गर्ने भएको छ । भदौ १ गतेसम्म निष्काशन खुला रहने सेयरमा असार १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ लाख रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले विक्री प्रबन्धकको कार्यालयसहित सप्तकोशी डेभलपमेन्ट बैंकका शाखा कार्यालय विराटनगर, सौठा, इलाम फिदिम, हर्केट, गछिया, रङ्गेली र उर्लाबारीबाट आवेदन दिन सक्नेछन् । साथमा एनएमबि बैंक लिमिटेडका शाखा कार्यलयहरुबाट पनि उक्त हकप्रद सेयर खरीद तथा आवेदन बुझाउन सकिने बताइएको छ ।

हाल सप्तकोशी डेभलपमेन्ट बैंकको चुक्तापुँजी २१ करोड १० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन तथा बाँडफाँट पछि बैंकको चुक्ता पुँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।