Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा एकैदिन थपियो ६४ लाखभन्दा बढी कित्ता सेयर

२०७४ असार ११ गते

नेपाल स्टक एक्सचेञ्जमा आईतबार एकैदिन दुई विकास बैंकले ६४ लाख आठ हजार ८८ दशमलव ७० कित्ता सेयर सूचिकृत गराएका छन् । देवः विकास बैंकको बोनस तथा हकप्रद र एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा कारोबारका सूचिकृत भएको हो ।

देवः विकास बैंकको १२ लाख ३३ हजार पाँच सय २३ दशमलव ३१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएको छ भने ४४ लाख पाँच हजार चार सय ४० दशमलव ३९ कित्ता हकप्रद सेयर पनि आईतबार नै सूचिकृत गराएको छ ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले पनि आईतबार नै सात लाख ६९ हजार एक सय २५ कित्ता बोनस सेयर सूचिकरण गरेको छ ।

सेयरधनीले अबको एक साताभित्र उक्त सूचिकृत सेयर कारोबार गर्न सक्नेछन् ।