Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

८.२३ अंकले बढ्यो सेयर बजार, कारोबारमा पनि सुधार

२०७४ असार ११ गते

आइतबार सेयर बजार ८.२३ अंकले बढेर १५६७.७२ अंकमा पुगेको छ । बीमा समूह ८.६९ अंकले घटेको छ भने बाँकी सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १२.५६, ११.०४, ४.४३, १.८३, २.७, ८.४६ र ०.८७ अंकले बढेका छन् । 

कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा सुधार देखिएको छ । दिनभरिमा १४८ वटा कम्पनीको १५ लाख ६५ हजार नौ सय ६७ कित्ता सेयर पाँच हजार आठ सय ५६ पटक खरिदविक्री गर्दा ७३ करोड करोड ९४ लाख ४१ हजार तीन सय ३५ रुपैयाँको कारोबार भएको छ ।

प्रभु बैंक प्रोममोटरको सबैभन्दा धेरै ११ करोड ७२ लाख ५८ हजार रुपैयाँमाथिको कारोबार भएको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको पाँच करोड, एभरेष्ट बैंकको चार करोड र स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोडमाथिको कारोबार भएको छ । नेको इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र नविल बैंक प्रोमोटरको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स, कञ्चन डेभलपमेन्ट बैंक, एनसीसी बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

रिलायन्स फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ८.५७ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक र फरवार्ड कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.५५, ६.१० र ६ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स र एनसीसी बैंकका सयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाउँदा देवः विकास बैंक, अरुण काबेली पावर, स्वरोजगार लघुवित्त, एभरेष्ट बैंक (सीपी) लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको वल्र्ड मर्चेन्टका सेयरधनीले ९.८८ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने बरुण हाइड्रो, जानकारी फाइनान्स, सिनर्जी पावर, मिथिला लघुवित्त, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।