Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभरमा ३० अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट

२०७४ असार ९ गते

यो साताको पहिलो तीन दिन घटेको सेयर बजार पछिल्लो दुई दिन सामान्य बढ्यो । गत साताको अन्तिम दिन १५८९.५९ अंकमा रहको बजार यो साता १५५९.४९ अंकमा छ । यस आधारले हेर्दा यो साता नेप्से परिसूचक ३०.१० अंकले घटेको देखिन्छ ।

कारोबार रकम पनि यो साता खासै उत्पाजनक देखिएन । पछिल्लो दुई दिनमा परिसूचक बढेपछि भने कारोबार रकमले पनि उकालो लाग्ने संकेत देखाएको छ । समग्रमा यो साता दुई अर्ब ९६ करोड १७ लाख ७१ हजार पाँच सय ९६ रुपैयाँको कारोबार भएको छ । गत साता तीन अर्ब ३४ करोड ३० लाख ६४ हजार चार सय २६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो साता एभरेष्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतको राम्रो कारोबार भएको छ । यो साता कमाउने भन्दा गुमाउने कम्पनीहरु धेरै छन् । एभरेष्ट बैंक (सीपी)का सेयरधनीले सबैभन्दा धेरैका सेयरधनीले अत्याधिक गुमाएका छन् ।