Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शतप्रतिशत हकप्रदपछि पुनः ४० प्रतिशत हकप्रद जारी गर्ने योजनामा जेविल्स फाइनान्स

२०७४ असार ७ गते

शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रक्रियामा रहेको जेविल्स फाइनान्स लिमिटेडले पुनः ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । हकप्रदसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असार २३ गते विशेष साधारणसभा गर्दैछ । साधारणसभा प्रयोजनका लागि असार १२ गतेदेखि सेयरधनी पुस्तिका बन्द रहने कम्पनीले जनाएको छ । 

जेविल्सले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात २८ करोड ८९ लाख ५६ हजार दुई सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाउनेवित्तीकै कम्पनीले उक्त सेयर निष्काशन गर्नेछ । सो हकप्रद जारी गरिसकेपछि कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव कम्पनीले साधारणसभामा लग्ने बताइएको छ ।