अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले असार २५ गतेदेखि तीन बराबर २.०८ को अनुपातमा निष्काशन सुरु गर्ने भएको छ । साउन २९ गतेसम्म खुला रहने सेयरमा जेठ २० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर निष्काशन गर्नका लागि अल्पाइन डेभलपमेन्ट बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । अल्पाइन बैंकका कार्यालयहरु एनएमबी क्यापिटल नागपोखरी र एनएमबी बैंकका शाखा कार्यालयहरुबाट उक्त सेयरमा आवेदन दिन सकिने छ ।
अल्पाइनले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँ बराबरको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल अल्पाइनको चुक्तापुँजी २६ करोड ७५ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।


