Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एउटै कम्पनीको ३८ लाख ८८ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

२०७४ असार ५ गते

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस सेयर र हकप्रद सेयर एकैपटक नेप्सेमा सूचिकृत गराएको छ । कम्पनीले ३२ लाख ४० हजार चार सय ३६ दशमलव ३२ कित्ता हकप्रद सेयर र छ लाख ४८ हजार ८७ दशमलव २६ कित्ता बोनस सेयर सोमबार नेप्सेमा सूचिकृत गराएको हो । 

नेकोले गत फागुन महिनामा शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो भने गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयरको कारोबारका लवागि कम्पनीले नेप्सेमा सूचिकृत गराएको हो । अबको सात दिनभित्रमा यी सेयरहरुको कारोबार सुरु हुनेछ ।