Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सप्तकोसीको हकप्रद भर्न असार १३ भित्र सेयर किनिसक्नुपर्ने

२०७४ असार ४ गते

गत जेठ ३० गते हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको सप्तकोसी डेभलपमेन्ट बैंकले बुक क्लोजको मिति तय गरेकोछ । बैंकको असार २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद प्रयोजनका लागि असार १४ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, असार १३ गतेसम्म कायम सेयरधनीले मात्रै सप्तकोशीले निष्काशनको गर्न लागेको हकप्रद सेयर भर्न पाउनेछन् । 

बैंकले एक बराबर एक दशमलव तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ । जसअनुसार, बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड ४३ रुपैयाँ बराबरको २७ लाख ४३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

हाल सप्तकोसीको चुक्तापुँजी २१ करोड १० लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ४८ करोड ५३ लाख रुपैयाँ पुग्नेछ ।