Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभर नेप्से २५.६ अंकले घट्यो, कारोबार पनि घट्दो क्रममा

२०७४ असार २ गते

दोहोरो अंकको गिरावटबाट सुरु भएको यो साताको सेयर बजार ५.१० अंकको वृद्धिसँगै बन्द भएको छ । साताको मंगलबार पनि सेयर बजार ४.६३ अंकले बढेको थियो । बाँकी दिनमा भने सेयर बजार गिरावटमा रह्यो । फलस्वरुप, गत साताको अन्तिम दिन १६१५.१९ अंकमा रहेको सेयर बजार यो साता १५८९.५९ अंकमा कायम भएको छ । यसआधारमा हेर्दा, यो साता नेप्से २५.६० अंकले घटेको देखिन्छ ।

परिसूचकमा उतारचढाव आएपछि यो साता कारोबार रकममा पनि उत्साह देखिएन । साताको पहिलो दिन ७१ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको कारोबार पनि हुन सकेन । मंगलबार सेयर बजार हरियो हुँदा पनि कारोबार रकम सोमबारको जति पनि हुन सकेन । पछिल्लो दुई दिनमा भने कारोबार रकम सुधारात्मक स्थितीमा रहेको छ । बुधबार ५८ करोडको कारोबार भएको बजारमा विहीबार ६७ करोडको कारोबार भएको छ । समग्रमा साताभरमा दुई अर्ब ९६ करोड २५ लाख २२ हजार चार सय ४१ रुपैयाँ पुँजी परिचालन भएको छ । गत साता तीन अर्ब ३४ करोड ३० लाख ६४ हजार चार सय २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

यो साता कुनै पनि कम्पनीको कारोबार उत्साहजनक रहेन । यद्यपि, तुलनात्मक रुपमा हेर्दा, एभरेष्ट बैंकको कारोबार सबैभन्दा धेरै भयो । स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स लगायतको पनि राम्रै कारोबार भएको छ । तर, बजार गिरावटको क्रममा रहेकाले धेरै कम्पनीहरुको सेयरमूल्य बढ्न सकेन । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीले राम्रे कमाई गरे । यसबाहेक, भक्तपूर फाइनान्ससँगको सफल मर्जरपछि विहीबारदेखि सेयर कारोबार खुलेको सेन्ट्रल फाइनान्सका सेयरधनीले पनि आफ्नो सम्पत्ति बढाएका छन् । यो साता अत्याधिक कम्पनीका सेयरधनीहरुले गुमाए । एभरेष्ट बैंक (सीपी), ग्रीन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, ललितपूर फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।