Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लाफिङ बुद्ध पावर नेपालले नौ लाख ७८ हजार कित्ता सेयर जारी गर्ने

२०७४ असार २ गते

लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले नौ लाख ७८ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि सो अनुपातमा सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति माग गरेको छ । कम्पनीले जेठ ३१ गते बोर्डमा निवेदन दिएको छ । 

लाफिङ बुद्धले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी गर्न लागेको छ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाइृ नियुक्त गरिसकेको छ ।