Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वरोजगार लघुवित्तको हकप्रद सेयर खुल्यो, हेर्नुहोस् आवेदन दिने ठाउँहरु

२०७४ असार १ गते

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले आज (असार १ गते)देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । साउन ४ गतेसम्म निष्काशन खुला रहने सेयरमा जेठ १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

स्वरोजगारको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्वरोजगार लघुवित्तका कार्यालय, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तीनकुने, सूर्य्िवनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, भानुचोक, जनकपुर, चितवन, विर्तामोड, झापाबाट उक्त हकप्रद भर्न पाइनेछ । 

स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ । हाल स्वरोजगार लघुवित्तको चुक्तापुँजी छ करोड ९९ लाख ९८ हजार नौ सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी १० करोड ४९ लाख ९८ हजार दुई सय रुपैयाँ पुग्नेछ ।