Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गुडविल फाइनान्सको हकप्रद सुरक्षित गर्ने भोली अन्तिम दिन

२०७४ जेष्ठ ३१ गते

गुडविल फाइनान्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने भोली अन्तिम दिन रहेको छ । कम्पनीले असार २ गतेदेखि सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, गुडविल फाइनान्सको हकप्रद सेयर भर्न चाहनेले असार १ गते र्था भोली बैंकिङ समयभित्रमा गुडविल फाइनान्सको सेयर खरिद गरिसकेको हुनुपर्नेछ । गुडविलले असार १८ गतेदेखि साउन २२ गतेसम्म १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्दैछ ।   

कहाँबाट दिने आवेदन ?
हकप्रद निष्काशनका लागि गुडविलले एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रदमा लगानीकर्ताले कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, गुडविल फाइनान्स लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसार काठमाडौं, त्यस्तै शाखा कार्यालय डिल्लीबजार काठमाडौं, इन्द्रचोक काठमाडौं, तौमदी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, बिर्तामोड झापा, बाँके नेपागगञ्ज, घोराही दाङ, प्रकाशपथ इलाम र फिदिम मेनरोड फिदिमबाट आवेदन दिन सक्नेछन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शाखा कार्यालय, वीरगञ्ज, विराटनगर, चिप्लेढुँगा पोखरा, बुटबल र धनगढीबाट पनि आवेदन दिनसकिने कम्पनीले जानकारी दिएको छ ।

कति पुग्यो चुक्तापुँजी ?
गुडविल फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २७ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेर गुडविलले ४५ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । ६० प्रतिशत हकप्रद सेयर जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७२ करोड ६० लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशनबमोजिक गुडविलले ८० करोड रुपैयाँ चुक्तापुज्ी पुर्याउनुपर्नेछ । चालू आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गरेर कम्पनीले सो पुँजी पुर्याउनेछ ।