चार दिनपछि मंगलबार सेयर बजार हरियो भएको छ । नेप्से परिसूचक ४.६३ अंकले बढेर १५८५.१५ अंकमा पुगेको छ । उत्पादनमूलक बाहेक सबै समूह बढेका छन् । सबैभनदा धेरै होटल समूह १७.७९ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य क्रमशः ३.६३, २.०७, १३.३२, १.४४, १४.६९ र ८.१ अंकले बढेका छन् । उत्पादनमूलक भने ७.६३ अंकले घटेको छ ।
परिसूचक बढेपनि कारोबार रकममा खासै सुधार आएको छैन । दिनभरिमा १४३ वटा कम्पनीको नौ लाख १८ हजार तीन सय ४८ कित्ता सेयर पाँच हजार छ सय चार पटक खरिदविक्री हुँदा ४९ करोड दुई लाख ७५ हजार सात सय ११ रुपैयाँको कारोबार भएको छ ।
एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड ६८ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड ९६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोड २२ लाखको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, लक्ष्मी बैंक, नविल बैंक प्रोमोटर, सिद्धार्थ बैंक, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.४० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा तारागाउँ रिजेन्सी र सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले क्रमशः ६.३७ र ५.७१ प्रतिशतका दरले कमाएका छन् । तिनाउ विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक मिथिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, लक्ष्मी बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको हिमालयन डिस्टीलरीका सेयरधनीले ७.८६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने सिर्जना फाइनान्स, मञ्जुश्री फाइनान्स, बरुण हाइड्रो, सिनर्जी पावर, ललितपूर फाइनान्स, हाम्रो विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, आरएसडीसी लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।



