Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्न असार ६ गतेभित्र सेयर किनिसक्नुपर्ने

२०७४ जेष्ठ ३० गते

असार ६ गतेसम्म कायम सेयरधनीले मात्रै एभरेष्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । हकप्रद प्रयोजनका लागि बैंकले असार ७ गतेदेखि सेयरधनीले पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, एभरेष्ट बैंकको हकप्रद सुरक्षित गर्न असार ६ गतेभित्रमा नै दोस्रो बजारबाट बैंकको सेयर खरिद गरिसकेको हुनुपर्नेछ । 

एभरेष्ट बैंक लिमिटेडले तीन बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले गत वैशाख २० गते नेपाल धितोपत्र बोर्डको अनुमति पाएको थियो ।

एभरेष्टले एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५० करोड ८८ लाख आठ हजार सात सय रुपैयाँ बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल एभरेष्ट बैंकको चुक्तापुँजी चार अर्ब ५२ करोड ९१ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकले चुक्तापुँजी छ अर्ब तीन करोड ७९ लाख रुपैयाँ पुग्नेछ ।