Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेरुडे लघुवित्तको एक लाख कित्ता सेयर लिलामीमा आउँदै

२०७४ जेष्ठ २९ गते

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको एक लाख आठ हजार सात सय ७२ कित्ता हकप्रद सेयर लिलामीमा आउने भएको छ । बैंकले हकप्रद सेयर निष्काशनको क्रममा नबिकेको संस्थापक समूहतर्फको ९३ हजार नौ सय ७७ कित्ता र सर्वसाधारण समूहतर्फको १४ हजार सात सय ५९ कित्ता सेयर असार १३ गतेदेखि लिलाम विक्री गर्न लागेको हो । उक्त सेयरमा असार २० गतेसम्म बोलपत्र पेश गर्न सकिने बताइएको छ । 

सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि  बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।

नेरुडे लघुवित्तले २०७३ चैत १४ गतेदेखि २०७४ वैशाख ७ गतेसम्म हकप्रद विक्री खुला गरेको थियो ।