Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

साउन १५ देखि स्मार्टले पनि फोरजी सेवा सुरु गर्दै

२०७४ जेष्ठ २९ गते

आगामी साउन १५ गतेदेखि निजी दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गर्ने भएको छ । दूरसञ्चार प्राधिकरणबाट प्रविधि तटस्थताको अनुमतिपत्र प्राप्त गरेको स्मार्टले काठमाडौँबाट फोरजी सेवाको सुरुवात गर्न लागेको जनाएको छ । आगामी असोजसम्ममा पोखरा, चितवन र वीरगञ्जमा र त्यसपछि क्रमशः विराटनगर, भैरहवा, बुटवललगायत ठूला सहरमा समेत फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । स्मार्टको फोरजी सेवा १८ सय ब्याण्डमा रहने छ । हाल कम्पनीसँग १२ मेगाहर्ज फ्रिक्वेन्सी छ । प्राधिकरणको स्वीकृति बमोजिम स्मार्टले ५ मेगाहर्जमा फोरजी सुरु गर्नेछ । 

पश्चिमाञ्चलबाट सेवा गरेको स्मार्टले हाल ४५ भन्दा बढी जिल्लामा नेटवर्क विस्तार गरिसकेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार हाल कम्पनीले १४ लाख ९३ हजार नौ सय २२ ग्राहकलाई टेलिफोन र एक लाख २० हजार दुई सय २८ जनालाई मोबाइल इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।