Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जनरल फाइनान्सले १२५ प्रतिशत हकप्रद दिँदै, धितोपत्र बोर्डमा दियो निवेदन

२०७४ जेष्ठ २८ गते

जनरल फाइनान्स लिमिटेडले एक सय २५ प्रतिशत अर्थात एक बराबर एक दशमलव २५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै फाइनान्सले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । फाइनान्सले जेठ २६ गते बोर्डमा निवेदन दिएको जनाएको छ । 

जनरलले एक सय रुपैयाँ अंकित मूल्यमा १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १६ लाख ५२ हजार आठ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि फाइनान्सले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।