Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेवासँग मर्जरमा जान लागेको कामनाले असार ११ देखि हकप्रद जारी गर्दै, कहाँबाट दिने आवेदन ?

२०७४ जेष्ठ २७ गते

कामना विकास बैंकले असार ११ गतेदेखि ३० प्रतिशत अर्थात १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साउन १५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा ०७३ मंसिर १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कामनाले एक सय अङ्कित मूल्यमा २४ करोड १३ लाख १३ हजार सात सय ६० रुपैयाँ बराबरको २४ लाख १३ हजार एक सय ३७ दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल, कामना विकास बैंकको केन्द्रीय कार्यालय सृजनाचोक पोखरा तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्ने छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज र धनगढीबाट आवेदन दिन सक्नेछन् ।

सेवा विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंकको हाल चुक्तापुँजी ८० करोड ४३ लाख ७९ हजार नौ सय ६० रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब चार करोड ५६ लाख ९२ हजार नौ सय ६० रुपैयाँ पुग्नेछ । त्यसपछि, कामना र सेवा एकआपसमा गाभिएर कामना सेवा विकास बैंक बन्नेछन् ।