Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कृषि विकास बैंकसहित तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत

२०७४ जेष्ठ २६ गते

कृषि विकास बैंक लिमिटेडसहित तीन कम्पनीले शुक्रबार बोनस सेयर र हकप्रद सेयर नेप्सेमा कारोबारका लागि सूचिकृत गराएका छन् । कृषि विकास बैंकका अलावा डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेड र सगरमाथा फाइनान्स लिमिटेडले सेयर सूचिकृत गराएका हुन् । 

नेप्सेका अनुसार, कृषि विकास बैंकले एक करोड १८ लाख १२ हजार आठ सय कित्ता बोनस सेयर सूचिकृत गराएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

त्यस्तै, डिप्रोक्स लघुवित्तले पनि नौ लाख दुई हजार सात सय ३३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत गराएका छ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

यता, सगरमाथा फाइनान्स लिमिटेडको २९ लाख ५४ हजार तीन सय ८९ कित्ता हकप्रद सेयर र १२ लाख १६ हजार चार सय ६९ कित्ता बोनस सेयर एकैपटक नेप्सेमा सूचिकृत गराएको छ । फाइनान्सले गत पुस महिनामा ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो भने गत आर्थिक वर्षको कमाईबाट हकप्रदपछिको चुक्तापुँजीको १८.३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।