Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभरमा नेप्से १०.८८ अंकले बढ्यो, आरएसडीसी लघुवित्तका सेयरधनीले राम्रो कमाए

२०७४ जेष्ठ २६ गते

यो साता सेयर बजारमा ठूलो उतारचढाव देखिएको छ । आइतबार दोहोरो अंकले घटेको सेयर बजार सोमबार आठ अंकले बढ्यो भने मंगलबार र झन् ३२ अंकले बढ्यो । बजार उत्साहजनक रुपमा बढेपछि बुर्लुक्क उफ्रिएका लगानीकर्ता बुधबार निराश भए, जब सेय बजार १४.२४ अंकले घट्यो । पुनः विहीबार पनि झन्डै आठ अंकले गिरावट आएपछि नेपसे परिसूचक १६१५.१९ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १६०४.३१ अंकमा थियो । यस हिसाबले हेर्दा, यो साता नेप्से परिसूचक १०.८८ अंकले बढेको देखिन्छ । 

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उतारचढाव आएको छ । पहिलो दिन ५५ करोडको कारोबार भएको बजारमा सोमबार मंगलबार र बुधबार क्रमशः ६२ करोड, ९१ करोड र ७६ करोडको कारोबार भयो । साताको अन्तिम दिन कारोबार रकम ४८ करोड ९७ लाख रुपैयाँमा सीमित भयो । समग्रमा यो साता तीन अर्ब ३४ करोड ३० लाख ६४ हजार चार सय २६ रुपैयाँ पुँजी परिचालन भएको छ । 

यो साता स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै कारोबार भयो । यो बैंकको मात्रै ३० करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहेक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक, सिद्धार्थ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक लगायतको पनि राम्रो कारोबार भएको छ । 

साताभर नै सेयर बजार उत्पाहजनक नरहेपनि आरएसडीसी लघुवित्तका सेयरधनीहरु राम्रो कमाई गर्न सफल भएका छन् । साताको पाँचै दिन यो कम्पनीको सेयरमूल्य झन्डै १० प्रतिशतको हाराहारीमा बढेको छ । यसबाहेक, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । गुमाउनेमा प्रोग्रेसिभ फाइनान्स, सिनर्जी फाइनान्स, सहारा विकास बैंक, सिनर्जी पावर लगायतका सेयरधनी रहेका छन् ।  

यो साता सरकार परिवर्तनको असर सेयर बजारमा देखा परेको हो । यसैपनि मुलुकमा चुनावी माहौल भएकाले लगानीहरु पर्ख र हेरको अवस्थामा नै छन् ।