Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

७.९४ अंकले घट्यो सेयर बजार, ३५ कम्पनीका सेयरधनीले बढाए सम्पत्ति

२०७४ जेष्ठ २५ गते

साताको अन्तिम दिन सेयर बजार ७.९४ अंकको गिरावटसँगै १६१५.१९ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.४१, ४०.४६, ०.८७, ३.५४, ७.७२, ३९.८, १७.६३ र ६.६५ अंकले घटेका छन् । 

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १४९ वटा कम्पनीको आठ लाख चार हजार नौ सय ३९ कित्ता सेयर पाँच हजार चार सय ४३ पटक खरिदविक्री हुँदा ४८ करोड ९७ लाख एक हजार पाँच सय ४४ रुपैयाँको कारोबार भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै तीन करोड ६६ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक, नेरुडे लघुवित्त, सिद्धार्थ बैंक, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, युनाइटेड मोदी हाइड्रो र नविल बैंक प्रोमोटरको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा ३५ कम्पनीका सेयरधनीले विहीबार अधिकतम ९.९७ देखि न्युनतम ०.०४९ प्रतिशतसम्मका दरले कमाएका छन् । आरएसडीसी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै  र वोमी माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा कम कमाएका हुन् । यसबाहेक, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, एनएमबि माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, रिडी हाइड्रो, सिभिल लघुवित्त, नेशनल माइक्रोफाइनान्स, एभरेष्ट इन्स्योरेन्स, बुटवल पावर कम्पनी, नविल ब्यालेन्स फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको प्रोग्रेसिभ फाइनान्स लिमिटेडका सेयरधनीले ६.५०४१ प्रतिशतका दरले आफ्नो सम्पत्ति गुमाउँदा सहारा विकास बैंक, मिथिला लघुवित्त र ललितपूर फाइनान्सका सेयरधनीले क्रमशः ६.१२२४, ५.८८ र ५.११ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स फाइनान्स, हाम्रो विकास बैंक, नयाँ नेपाल लघुवित्त, अरुण फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, कैलाश विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।