एनआईसी एशिया बैंक लिमिटेडले सर्वसाधारण समूहतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता हकप्रद सेयर असार १ गतेदेखि लिलामीमा निकाल्ने भएको छ । असार ८ गतेसम्म बोलपत्र पेश गर्न पाइने सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रुपैयाँ तोकिएको छ । एक सय वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्ने बताइएको छ ।
कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
एनआईसी एशियाले गत चैत १६ गतेदेखि वैशाख १९ गतेसम्म हकप्रद सेयर विक्री खुला गरी आवेदन माग गरेको थियो । सो क्रममा नबिकेको सेयरलाई बैंकले लिलामीमा निकाल्न लागेको हो । बाँडफाँटमा परेका आवेदकहरुलाई आवेदककै हितग्राही खातामा सेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।


