Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन पावर पार्टनरको आईपिओ असार १ गतेदेखि, थाहा पाइराख्नुहोस् आवेदन दिने स्थानहरु

२०७४ जेष्ठ २५ गते

हिमालयन पावर पार्टनरले २१ लाख ३० हजार कित्ता साधारण सेयर असार १ गतेदेखि निष्काशन गर्ने भएको छ । असार ५ गतेसम्म निष्काशन खुला रहने सेयरमा कम्तीमा ५० किक्त्रादेखि बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । 

यसअघि नै स्थानीयका लागि १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर जारी गरि बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । जसमध्ये, कम्पनीले ४२ हजार छ सय १७ कित्ता कम्पनीका कर्मचारी र एक लाख छ हजार पाँच सय ४२ कित्ता सामुहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी सेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा इच्छुक व्यक्तिहरुले सेयर रेजिष्ट्रारका साथमा ग्लोबल आइएमईृ क्यापिटल जमल, हिमालयन पावर पार्टनर पानिपोखरी, ग्लोबल आइएमई बैङ्कका शाखा कार्यालयहरु आर्दशनगर, वीरजञ्ज पर्सा, न्यूरोड, पोखरा, कास्की, नेपालगञ्ज, बाँके, विराटनगर, मोरङ, मिलनचोक बुटवल, धनगढी, कैलाली, महेन्द्र नगर कञ्चनपुर, विर्तामोड र झापा रहेको छ भने त्यसैगरी, काठमाडौं क्यापिटल मार्केट, प्रभु क्यापिटल मार्केट, सिबिआईएल क्यापिटल, रिलायवल क्यापिटल, एनआइसि एशिया क्यापिटल, सानिमा क्यापिटल, एस क्यापिटल, सिभिल क्यापिटल, भिवोर क्यापिटल  काठमाडौं, सिद्धार्थ बैङ्क, कुमारी बैङ्क लिमिटेडका साथै धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा भएका संस्थाहरुबाट आवेदन दिन तथा दरखास्त बुझाउन  सकिन्छ । 

हाल हिमालयनको चुक्तापुँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब छ करोड ५४ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशत कायम हुनेछ । 

हिमालयनले लमजुङको दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत्त आयोजना निर्माण गर्देछ । कुल चार अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको यो आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ ।