रिलायन्स फाइनान्स लिमिटेडको छ लाख ६८ हजार पाँच सय ७१ दशमलव ४८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको एक लाख १५ हजार कित्ता बोनस सेयर र पाँच लाख ५२ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । एनएमबिले गत आर्थिक वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । त्यस्तै, एक बराबर एक दशमलव दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।
त्यस्तै, बैंक अफ काठमाण्डू लिमिटेडको एक करोड पाँच लाख २६ हजार आठ सय ५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले २३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
नेप्सेमा मंगलबार सूचिकृत भएका यी सेयरहरुको कारोबार आगामी सातादेखि सुरु हुनेछ ।


