Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तिनाउ विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

२०७४ जेष्ठ २२ गते

तिनाउ विकास बैंक लिमिटेडले निष्काशन गरिरहेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले गत वैशाख १९ गतेदेखि ३५ प्रतिशत अर्थात १० बराबर ३.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रद सेयरमा वैशाख ५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।  

तिनाउले एक सय रुपैयाँ अंकित मूल्यमा ११ करोड ९४ लाख ७९ हजार छ सय नौ रुपैयाँको ११ लाख ९४ हजार सात सय ९६ कित्ता सेयर निष्काशन गरेको छ । हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रदमा लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक र तिनाउ विकास बैंकबाट आवेदन दिन सक्नेछन् ।

हाल तिनाउ डेभलपमेन्ट बैंकको चुक्तापुँजी ३४ करोड १३ लाख ७० हजार पाँच सय रुपैयाँ रहेको छ । ३५ प्रतिशत हकप्रद सेयर जारी गरेपश्चात् बैंकको चुक्तापुँजी ४६ करोड आठ लाख ५० हजार एक सय रुपैयाँ पुग्नेछ ।