युनाइटेड फाइनान्स लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि फाइनान्सले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बैंकलाई बोर्डले आइतबार (जेठ २१ गते) धितोपत्र निष्काशनको अनुमति दिएको छ ।
युनाइटेडले एक सय रुपैयाँ अंकित मूल्यमा १३ करोड ४५ लाख ४१ हजार ९५ रुपैयाँ बराबरको १३ लाख ४५ हजार चार सय १० दशमलव ९५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
हाल युनाइटेड फाइनान्सको चुक्तापुँजी ६७ करोड २७ लाख पाँच हजार तीन सय रुपैयाँ रहेको छ । २० प्रतिशत हकप्रद सेयर जारी गरेपछि युनाइटेडको चुक्तापुँजी ८० करोड ७२ लाख ४६ हजार तीन सय रुपैयाँ पुग्नेछ । यससँगै युनाइटेड फाइनान्सको पुँजीवृद्धि मिसन पूरा हुनेछ ।


