Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु क्यापिटलले दुई सय प्रतिशत हकप्रद सेयर जारी गर्ने

२०७४ जेष्ठ २१ गते

प्रभु क्यापिटल लिमिटेडले दुई सय प्रतिशत अर्थात एक बराबर दुईका अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी वृद्धि गरी २१ करोड रुपैयाँ पुर्याउन उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको उक्त निर्णय शनिबार सम्पन्न विशेष साधारणसभाले पारित गरेको छ । 

सभामा कम्पनीको ५१ प्रतिशत सेयर प्रभु बैंक लिमिटेडले खरिद गरि प्रभु क्यापिटल लिमिटेडलाई विधिवत सहायक बनाएको घोषणा समेत गरिएको छ । साथमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव समेत उक्त साधारणसभाले पारित गरेको छ ।

साधारणसभा संचालक समितिका अध्यक्ष बिनोद थकालीको अध्यक्षतामा कमलादी, काठमाडौंमा सम्पन्न भएको थियो । सभामा संस्थाका सेयरधनी, संचालक, लेखापरीक्षक, विभिन्न सरकारी निकायका प्रतिनिधि, कर्मचारी, पत्रकार एवं अन्य अतिथिहरुको उपस्थिती रहेको थियो ।