Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मिर्मिरे माइक्रोफाइनान्सको हकप्रद असार ५ गनेदेखि खुल्ने

२०७४ जेष्ठ १९ गते

मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले असार ५ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद निष्काशन साउन ८ गते बन्द हुनेछ ।

मिर्मिरेले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ५० लाख रुपैयाँ बराबरको एक लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । प्रभु क्यापिटल लिमिटेड कमलादी, मिर्मिरे फाइक्रोफाइन्सको डेभलपमेन्ट बैंकको सबै कार्यालय र प्रभु बैंक लिमिटेडका विराटनगर, विरगन्ज, सुर्खेत, वुटवल, धनगढी र नेपालगञ्जबाट उक्त हकप्रदका लागि दिन सकिने छ ।

हाल मिर्मिरे माइक्रोफाइनान्सको चुक्तापुँजी तीन करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन गरेपछि कम्पनीको चुक्तापुँजी चार करोड ५० लाख रुपैयाँ पुग्ने छ ।