समता माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको सेयर कारोबार विहीबारदेखि खुलेको छ । समताको कारोबार SMATA कोडबाट हुने नेप्सेले जनाएको छ । कारोबार खुल्ने मूल्य प्रतिकित्ता १३४ रुपैयाँदेखि ४०३ रुपैयाँ तोकिएको छ । कम्पनीले गत साता नेप्सेमा तीन लाख १६ हजार कित्ता सेयर सूचिकृत गराएको थियो ।
बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको माईक्रोफाईनाइन्समा तीस जना संस्थापकहरुको दुई करोड दश लाख रुपैयाँ लगानी रहेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको थियो ।


