Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भार्गव विकास बैंकको ८५ हजारभन्दा बढी कित्ता हकप्रद लिलामीमा आउँदै

२०७४ जेष्ठ १८ गते

भार्गव विकास बैंक लिमिटेडले ८५ हजारभन्दा बढी कित्ता हकप्रद सेयर लिलामीमा निकाल्ने भएको छ । बैंकले हकप्रद निष्काशनकोक क्रममा नबिकेको संस्थापक समुहको ३२ हजार चार सय ६६ कित्ता र सर्बसाधारण समुहको ५२ हजार सात सय ६५ कित्ता सेयरलाई बोलकबोल गरेर विक्री गर्न लागेको हो । बैंकले निस्कासन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल मार्फत १२ लाख कित्ता हकप्रद सेयर निस्कासन गरेको थियो । 

नबिकेको हकप्रद खरिद गर्न २६ जेठ देखि २ असारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिने बैंकले जनाएको छ । बोलपत्रमा एनएमबि क्यापिटल नागपोखरी, भार्गव बिकास बैंकको काठमाडौं शाखा एवं प्रधान कार्यालय सुर्खेत रोड नेपालगञ्जमा आवेदन दिन सकिनेछ । न्युनतम १०० रुपैयाँ या सोभन्दा माथि मूल्य राखेर न्युनतम १०० कित्ता या त्यस माथि १० ले भाग जाने अंकमा संस्थापक तर्फ ३२ हजार चार सय ६६ कित्ता र सर्वसाधारण तर्फ ५२ हजार सात सय ६५ कित्ताका लागि आवेदन दिन सकिनेछ ।