Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

काठमाडौँ महानगरका वृद्धवृद्धाले वार्षिक १२ हजार भत्ता पाउने

२०७४ जेष्ठ १७ गते

काठमाडौँ महानगरपालिकाभित्र ८० बर्ष उमेर पुगेका पुरुष तथा ७५ बर्ष उमेरका महिलाले बार्षिक १२ हजार महानगर भत्ता पाउने भएका छन् । महानगरका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले उक्त घोषणा गरेका हुन् । 

यसअघि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले वृद्धभत्ता १० प्रतिशत बढाएर दिने घोषणा गरेका थिए।

सरकारले सामाजिक सुरक्षाभत्ता अन्तर्गत वृद्ध,विद्वा,सिमान्तकृत समुदायलार्इ भत्ता दिँदै आएको छ। आगामी आर्थिक वर्षका लागि यस्तो भत्ताका लागि ३६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

स्थानीय तहबाट घोषणा गरिएको भत्ता आफ्नै स्रोतबाट दिनुपर्नेछ। यस्तो भत्ताका लागि बजेटमा दिइएको अनुदान प्रयोग गर्न नपाइने प्रावधान छ । 

Ad