Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मैलुङ खोला जलविद्युत्को तीन लाख ६८ हजार कित्ता सेयर विक्री खुला

२०७४ जेष्ठ १७ गते

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले तीन करोड ६८ लाख रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार एक सय ४३ कित्ता आईपिओ निष्काशन गरेको हो ।

कम्पनीले निष्काशन गरेको सेयरमध्ये एक लाख ८४ हजार ७२ कित्ता आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासिन्दाका लागि छुट्याइएको छ । बाँकी सेयरमा रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुले आवेदन दिन पाउने कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । 

रसुवाबासीले कम्पनीको आईपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम एक हजार आठ सय ४० कित्तासम्मको लागि जेठ १७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट समेत आवेदन फारम पाउन र बुझाउन सकिनेछ ।

स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर बाँडफाँड गरेपछि कम्पनीले २० प्रतिशत सर्वसाधारणका सेयर जारी गर्ने बताएको छ । कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक समुहको, स्थानीय बासीन्दाका लागि १० प्रतिशत र सर्वसाधारणका लागि २० प्रतिशत सेयर स्वामित्व रहनेछ । जसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भईसकेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।