Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाइटेड मोदीको सेयर कारोबार मंगलबारदेखि खुल्यो

२०७४ जेष्ठ १६ गते

नेपाल स्टक एक्स्चेन्जमा नयाँ कम्पनीको सेयर कारोबार सुरु भएको छ । मंगलबारदेखि युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार सुरु भएको हो । युएमएचएल कोडबाट कम्पनीको कारोबार सुरु भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार, कम्पनीको सेयर कारोबार १०२ रुपैयाँदेखि ३०५ रुपैयाँसम्मबाट सुरुवात गर्न सक्ने गरी खुला गरिएको छ । कम्पनीको एक करोड १५ लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।