Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गणतन्त्रको अवसरमा व्यवसायी र बैंकर सम्मानित

२०७४ जेष्ठ १५ गते

गणतन्त्र दिवसको अवसरमा आठ जना व्यवसायी एवम् बैंकरले पदवी पाउने भएका छन् । सरकारले गणतन्त्र दिवसको असवर पारेर आठ जना व्यवसायी एवं बैंकरलाई बिभिन्न मानपदवी एवं अलंकार प्रदान गर्ने घोषणा गरेको हो । 

पदक पाउनेमा नेपाल राष्ट्र बैंकका दुई जना अधिकारी परेका छन् । केन्द्रीय बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गाना र गभर्नर कार्यालयका निर्देशक एवं सहायक प्रवक्ता राजेन्द्र पण्डितले प्रवल जनसेवाश्री पदवी पाएका हुन् । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले किर्तिमय राष्ट्रदीप पदवी प्राप्त गरेका छन् ।

पदक पाउने व्यवसायीहरुमा कैलाशचन्द्र गोयल, नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यमी मञ्चकी पूर्व अध्यक्ष प्रमिला आचार्य रिजाल र पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले प्रवल जनसेवाश्री पाएका छन् भने व्यवसायीहरु राजेन्द्र खेतान, सतिष कुमार मोर र विश्वनाथ शाहले जनसेवाश्री पदवी पाएका छन् । त्यस्तै, व्यवसायी आनन्दराज बतास समाजसेवा रत्नबाट विभुषित भएका छन् । 

सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न पेसामा आवद्ध रहि राष्ट्रिय हितमा कार्य गरेका चार सय ९६ जनालाई विभिन्न पदबाट सम्मान गरेको छ । सरकारले तय गरेको मितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदवी प्रदान गर्नेछिन् । 

Ad