Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वरोजगार लघुवित्तको हकप्रद असार १ देखि, जेठ १६ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

२०७४ जेष्ठ १४ गते

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले आगामी असार १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । साउन ४ गतेसम्म निष्कान खुला रहने सेयरमा जेठ १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

स्वरोजगारको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । स्वरोजगार लघुवित्तका कार्यालय, एनएमबि क्यापिट नागपोखरी, एनएमबि बैंकका शाखा कार्यलयहरु तीनकुने, सूर्य्विनायक, कुमारीपाटी, बनेपा, बुटवल, महेन्द्रनगर, धरान, विराटनगर, सुर्खेतरोड, नेपालगञ्ज, धनगढी, पोखरा, विरगञ्ज, भानुचोक, जनकपुर, चितवन, विर्तामोड, झापाबाट उक्त हकप्रद भर्न पाइनेछ । 

स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ । हाल स्वरोजगार लघुवित्तको चुक्तापुँजी छ करोड ९९ लाख ९८ हजार नौ सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी १० करोड ४९ लाख ९८ हजार दुई सय रुपैयाँ पुग्नेछ ।