Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जेठ २० गतेसम्म कायम सेयरधनीले मात्रै अल्पाइन डेभलपमेन्ट बैंकको हकप्रद भर्न पाउने

२०७४ जेष्ठ १२ गते

अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर यही जेठ २० गतेसम्म कायम सेयरधनीले मात्रै भर्न पाउने भएका छन् । बैंकले हकप्रद प्रयोजनका लागि जेठ २१ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । गत जेठ ७ गते अल्पाइनले तीन बराबर २.०८ को अनुपातमा हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

अल्पाइनले एक सय रुपैयाँ अंकित मूल्यमा १८ करोड तीन लाख २४ हजार सात सय रुपैयाँ बराबरको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हाल अल्पाइनको चुक्तापुँजी २६ करोड ७५ हजार चार सय रुपैयाँ रहेको छ । हकप्रद  जारी गरेपछि बैंकको चुक्तापुँजी ४४ करोड चार लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद सेयर निष्काशन गर्नका लागि अल्पाइन डेभलपमेन्ट बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।