Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वरोजगार लघुवित्तको हकप्रद सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

२०७४ जेष्ठ १३ गते

स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने मंगलबार (जेठ १६ गते) अन्तिम दिन रहेको छ । बैंक सञ्चालक समितिको १४१औँ बैठकले हकप्रद प्रयोजनका लागि यही जेठ १७ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । जसअनुसार, जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्रै स्वरोजगार लघुवित्तले निष्काशन गर्न लागेको हकप्रद भर्न पाउने भएका छन् । 

स्वरोजगारले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशनका लागि बैंकले गत चैत्र ४ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  

स्वरोजगार लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ४९ लाख ९९ हजार तीन सय ६० रुपैयाँ बराबरको तीन लाख ४९ हजार नौ सय ९३ दशमलव ६० कित्ता सेयर जारी गर्नेछ । हाल स्वरोजगार लघुवित्तको चुक्तापुँजी छ करोड ९९ लाख ९८ हजार नौ सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद जारी गरेपछि लघुवित्तको चुक्तापुँजी १० करोड ४९ लाख ९८ हजार दुई सय रुपैयाँ पुग्नेछ ।