नेपाल ग्रामीण विकास बैंकले आफ्नो नाममा भएको आरएमडिसीको संस्थापक सेयर लिलामीमा निकाल्ने भएको छ । आरएमडिसी माइक्रोफाईनान्सको संस्थापकतर्फको ८८ हजार पाँच सय ६४ कित्ता सेयर बैंकले जेठ १६ गतेदेखि लिलामीमा निकाल्न लागेको हो । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरीबाट जेठ २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । खरिदकर्ताले आरएमडिसी माईक्रोफाइनान्सको न्युनतम मुल्य प्रति सेयर ५०१ रुपैयाँबाट बोलकबोल सुरु गर्न सक्नेछन् ।
