Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापूछ्रे बैंकले १० बराबर १.२ को अनुपातमा हकप्रद जारी गर्ने

२०७४ जेष्ठ ८ गते

माछापूछ्रे बैंक लिमिटेडले १० बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट बैंकले सोमबार (जेठ ७ गते) अनुमति पाएको हो । 

माछापूछ्रेले एक सय रुपैयाँ अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल माछापूछ्रे बैंकको चुक्तापुँजी छ अर्ब ५९ करोड ८७ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ३९ करोड पाँच लाख ४४ हजार रुपैयाँ पुग्नेछ ।