Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कञ्चन डेभलपमेन्ट बैंकले पायो ३० प्रतिशत हकप्रद जारी गर्ने अनुमति

२०७४ जेष्ठ ८ गते

कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत अर्थात दश बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले जेठ ७ गते अनुमति पाएको हो ।

कञ्चन डेभलपमेण्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १० करोड ३९ लाख ५० हजार बराबरको १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसका लागि बैंकले ग्लोबल आई.एम ई क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियूक्त गरिसकेको छ ।

हाल कञ्चन डेभलपमेन्ट बैंकको चूक्तापुँजी ३४ करोड ६५ लाख रुपैयाँ छ । ३० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चूक्तापुँजी ४५ करोड चार लाख ५० हजार रुपैयाँ पुग्नेछ । 

बैंकले गत आर्थिक बर्षको कमाईबाट आफ्नो सेयरधनिलाई बोनस सेयर बितरण गरि सकेको छ । चालू आर्थिक बर्षको मुनाफाबाट चार करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर बाँडफाँड गरेर बैंकले ५० करोड चुक्तापुँजी पुर्याउनेछ ।