Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वदेशी लघुवित्तको सेयर बाँडफाँड, २५ हजार ३० जनाले पाए सेयर

२०७४ जेष्ठ ७ गते

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालै निष्काशन गरेको साधारण सेयरको बाँडफाँड आइतबार गरिएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल परिसर नाग पोखरीबाट सेयर बाँडफाँड गरिएको हो ।

विक्री प्रबन्धकका अनुसार, २५ हजार ३० जनाले  स्वदेशी लघुवित्तको सेयर पाएका छन् । कुल ९२ हजार २२ जनाले आवेदन दिएकोमा १२ सय छ जनाको आवेदन रद्द भएको हो । कम्पनीको सेयरमा ११२० कित्तासम्मका लागि आवेदन दिनेहरुलाई गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । उनीहरुले १० कित्तासम्म सेयर पाएका छन् । यसभन्दा बढि कित्तामा आवेदन दिने सबैले १२ कित्ताका दरले सेयर पाएका छन् ।

स्वदेशीले चैत २५ देखि २९ गतेसम्म एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आइपीओ बिक्री गरेको थियो । यसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । स्वदेशी लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १० करोड रुपैयाँ छ । लघुवित्तले जारी पुँजीको ३० प्रतिशत आइपिओ बेचेको हो । आइपिओ बिक्रीपछि स्वदेशी लघुवित्तकमा संस्थापक र सर्वसाधारणको सेयर स्वामत्व ७०ः३० कायम भएको छ ।