Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेको अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त

२०७४ जेष्ठ ५ गते

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । रामजी रेग्मीले राजिनामा दिएपछि नेप्सेको अध्यक्ष पद रिक्त रहेको थियो । 

दिगो विकास विज्ञानमा अमेरिकाबाट स्नातकोत्तर गरेका न्यौपानेले आइतबारदेखि आफ्नो कार्यभार सम्हाल्ने बताइएको छ । उनले अर्थमन्त्रालयबाट पत्र लिइसकेका छन् ।